मगर संघको चेतावनी: अधिवक्ता पाण्डेलाई पक्राउ नगरे आन्दोलन हुन्छ

काठमाडाैं | साउन १५, २०८०

मगर संघको चेतावनी: अधिवक्ता पाण्डेलाई पक्राउ नगरे आन्दोलन हुन्छ

काठमाडौं:   नेपाल मगर संघले अधिवक्ता भगवती पाण्डे (शितल) लाई पक्राउ नगरे आन्दोलन थाल्ने चेतावनी दिएको छ ।

 

संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तामाङ, मगर, मुस्लिम लगायत विभिन्न समुदायविरोधी अभिव्यक्तिपछि मगर समुदायले जाहेरी दिइसकेको अवस्थामा पनि पक्राउ नगरिएको भन्दै आन्दोलन थाल्ने चेतावनी दिएको हो ।

 

पाण्डेलाई पक्राउ गर्न आनाकानी गरे दबाब दिन जिल्ला प्रहरी परिसर काठमाडौंमात्रै नभएर देशैभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने संघ अध्यक्ष ज्ञानेन्द्र पुनमगरले बताए ।

 

उनले नेपाल बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएकाले देशको विविधता र संविधानअनुसार अभिव्यक्ति दिनुपर्ने उल्लेख गरे । 

 

पुनमगरले साउन ९ गते अधिवक्ता भगवती पाण्डेविरुद्ध जाहेरी दर्ता गरेर पक्राउ पुर्जी जारी गरे पनि उनलाई पक्राउ गर्न प्रहरीले आनाकानी गरिरहेको आरोप लगाए ।

 

यस्तै नेपाल तामाङ घेदुङले पनि पत्रकार सम्मेलनको आयोजना गरी तत्काल पाण्डेलाई पक्राउ गर्न आग्रह गरेको छ । यद्यपी तामाङ घेदुङले पनि देशव्यापी आन्दोलन गर्ने घोषणा गरिसकेको छ ।

 

अधिवक्ता पाण्डेले एक टेलिभिजनको टक शोमा जातिय सद्भाव भड्किने खालको अभिव्यक्ती दिएकी थिइन् । त्यसपछि उनी आलोचित हुदै आएकी थिइन् ।

 

चौतर्फी दबाबपछि पाण्डे विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । तर अहिलेसम्म उनलाई पक्राउ गरिएको छैन । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्